४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


खराब मौसमका कारण हवाई सेवा प्रभावित


1.053k
Shares

काठमाडौं । प्रतिकुल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका हुन ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएको कतार एयरवेजको बिमान कोलकता डाइभर्ट गरिएको छ भने मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् ।

मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौ राजविराज, काठमाडौँ–विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका उडान रद्द भएका छन् ।