१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा पहिलो पटक नेपाली चैत्य स्थापना


637
Shares

काठमाडौं । भारतमा पहिलो पटक नेपाली बौद्ध चैत्य स्थापना भएको छ ।

भारतको पटनास्थित पाटलीपुत्र करुणा स्तुप परिसर भित्र नेपालको मौलिक नेवार शैलीको बौद्ध चैत्य स्थापना गरिएको हो ।

युवा बौद्ध समूहको नेतृत्वमा पटना सेन्टर जक्सनमा रहेको बुद्ध स्मृति पार्क भित्र ६ फिट अग्लो शिलाको बौद्ध चैत्य साढे पाँच फिट अग्लो आधार स्तम्भमा स्थापना भएको हो ।

बौद्ध चैत्यको विधिवत् रुपमा प्राण–प्रतिस्ठा पूजा समेत गरिसकिएको छ । समूह अध्यक्ष मदन बहाुदुर तुलाधरले ११ नम्बरको प्लटमा नेपाली बौद्ध चैत्य स्थापना गर्न एक सय वर्ग फिटको जग्गा प्राप्त भएको जानकारी दिनुभयो । विगतमा कारागार रहेको यस स्थानमा पार्कको गुरु योजना अन्तरगत विभिन्न २१ मुलुकको मौलिक परम्परा अनुसार बौद्ध चैत्यहरु स्थापना गरिने छ ।

पार्क भित्र विपश्यना ध्यान केन्द्र समेत स्थापना गरिएको छ ।