
काठमाडौं । राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ ।
दशरथ रङ्गशालामा आज अपरान्ह भएको प्रतिष्पर्धामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे भने संकटाका विशण गुरुङले एक गोल गरेका थिए ।
नवयुग श्रेष्ठले खेलको आठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए भने ६६औं मिनेटमा दिनेश हेम्जनले अग्रतालाई दोब्बर बनाएका थिए । संकटाका लागि विशण गुरुङले सात्वना गोल गरेका थिए ।
आर्मीले अब उपाधिका लागि केपी ओली फुटबल क्लव र मच्छिन्द्र फुटबल क्लबबीच हुने अर्को सेमिफाइनलका विजेतासंग खेल्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्