१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


असन्तुष्ट दललाई सहमतिमा ल्याउने सत्तारुढ दलको निर्णय


0
Shares

काठमाडौं । सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेकाछन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

त्यसका लागि सत्ता साझेदारदलहरूको बैठक आज र भोलि बस्ने भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवत २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिनुभयो । दुवै सदन फागुन २१ मा बस्दै छ ।

फागुन २१ मा पेश नभए २२ मा पेश हुने उहाँले बताउनुभयो । त्यसका लागि सरकारमा सहभागी सबै दलसँग अबको दुई दिन छलफल गर्ने पनि उहाँले जानकारी दिनुभयो । बैठकमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी हुनुभएको थियो ।