१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन’


169
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताउनुभएको छ ।

शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक कुँवरले सामुहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले लागुऔषध कारोबार तथा दुव्र्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रश्तुत हुन निर्देशन दिनुभयो ।

विश्वमा करिव ३० करोड र एशियामा मात्रै करिव ६ करोडको हाराहारीमा लागुऔषध सेवन कर्ताहरु रहेको बताउनुभयो । जसमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको बताउनुभयो । लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको बताउनुभयो ।