
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको बताउनुभयो । उहाँले सामाजिक संस्थाहरुलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताउनुभयो ।
सांसद निधीले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्