१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घर निर्माणमा गुणस्तरीय सामाग्रीको प्रयोगबारे सचेतना आवश्यक : मन्त्री दाहाल


26
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठूला घरहरु गुणस्तरीय नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित घर निर्माण मेलामा मन्त्री दाहालले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्वपूर्ण हुने बताउनुभयो । उहाँले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताउनुभयो । घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री दाहालले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्पप्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घर निर्माण भइसकेपछि गुणस्तर मापणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।