१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


आजको मौसम


1.209k
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।