
बैतडी । गोली प्रहारबाट बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको छ । सुरेन्द्रको दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले उनलाई गोली प्रहार गरि हत्या गरेका हुन् ।
शनिबार राति ८ बजेको समयमा लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन् । फरार कर्णबहादुरको खोजी र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बलदेब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साँउद, खोचलेक प्रहरी चौकीबाट सई गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्