१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


नोबेल एकेडेमी र डिजी स्कूलबीच सम्झौता


1.105k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित नोबेल एकेडेमी र डिजी स्कूलबीच गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्ने सम्झौता गरिएको छ ।

विद्यार्थीहरुमा समय सापेक्ष डिजिटल शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ विद्यालयका तर्फबाट संस्थाका प्राचार्य श्री रविन दाहाल र डिजी स्कूलका तर्फबाट अजय लामाद्वारा समझदारी पत्रमा हस्ताक्षर गरी गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

नोबेल एकेडेमीले विद्यार्थीको व्यक्तित्व विकासका लागि देशमा भित्रिएका नयाँ प्रविधि तथा शिक्षणविधिलाई प्रयोग गर्दै विद्यार्थीको क्षमता विकास गरि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै व्यवहारिक बनाउने कार्य सदा सर्वदा गरिरहेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

एकेडेमीले ब्रिटिश काउन्सीलसँगको सहकार्य, ‘प्रोग्रेसिभ तथा स्टीम एजुकेशन’ लाई पूर्वीय शिक्षा पद्धतिसँग अनुबन्धन गरी नोबेल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जनाएको छ । डिजी स्कूलसँग साझेदारी गरी ‘एनसिसि एजुकेशनको डिजिटल करिकुलम’ लाई नोबेल एकेडेमीले आफ्नो शिक्षण पद्धतिभित्र सञ्चालनमा ल्याएको जनाएको छ ।

डिजी स्कूलसँगको सहकार्यले विद्यार्थीहरुमा ‘प्रोग्रेसिभ तथा स्टीम एजुकेशन’ का साथै डिजिटल शिक्षामा पनि उल्लेखनीय योगदान पुर्‍याउने एकेडेमीका प्राचार्य रविन दाहालले बताउनुभयो । साथै उहाँले विश्वमा सञ्चालन भएका नविनतम् शैक्षिक कार्यक्रमहरु सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गिण विकास गर्न नोबेल एकेडेमी दृढ रहेको पनि बताउनुभयो ।