
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्तिता गर्न कानून कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले स्रोत र साधनको सिमितताका बारेमा जनताले अनुभुत गर्नेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भीर भएर काम गरिरहेको दाबी गर्नुभयो. । उहाँले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कार्यले लय समातेको समेत उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकले मुलुकमा सुशासन र विधिको शासन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको दोहोर्याउँदै पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको स्पष्ट गर्नुभयो । उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
गृहमन्त्री लेखकले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाइ शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्