
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न आफु तयार रहेको घोषणा गर्नुभएको छ । बीबीसीसँगको कुराकानीमा क्रममा जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको हो ।
अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुग्नुभएका जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको सहयोग र साथ सँधै चाहिने भन्दै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनु भएको हो । जेलेन्स्की बेलायत पुग्दा बेलायतका प्रधानमन्त्री केयर स्टामरले बेलायत सरकारले युक्रेनलाई पाँच हजारभन्दा बढी हवाई रक्षा क्षेप्यास्त्रहरू किन्न आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
स्टारमरले बेलायत र फ्रान्सले युक्रेनसँग रूससँगको लडाई रोक्ने योजनाका लागि सहयोग गर्ने बचन समेत दिनुभएको छ । स्टारमरले युक्रेन शान्तिको ग्यारेन्टी गर्न इच्छुक राष्ट्रहरुको गठबन्धन हुने जानकारी समेत दिनुभएको छ । अमेरिकाले रुस युक्रेन युद्धमा सँधै युक्रेनको साथ दिएको भन्दै युक्रेनी खनिज प्रणालीमा अमेरिकाको प्रभुत्व मागेको थियो ।
प्रतिक्रिया दिनुहोस्