२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


केपी ओली कप फुटबलको फाइनल खेल आज


0
Shares

काठमाडौं । राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफ.सी र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ । यसअघिको दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्र उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।

उता आर्मी क्लब भने पहिलोपटक केपी ओली कप फुटबलको फाइनल खेल्दैछ । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले संकटालाई हराएर फाइनल प्रवेश गरेको हो ।

आजको फाइनल खेल हेर्न विश्वकप विजेता इटालियन खेलाडी जियानलुजी बुफोन पनि उपस्थित हुनेछन् । उनी आइतबार नेपाल आइपुगेका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।