१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


प्रधान न्यायाधीश राउतलाई गृह जिल्लामा सम्मान


7.397k
Shares

उदयपुर । उदयपुरका स्थानीय तहले सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरेका छन् ।

उदयपुरमा जन्मिएर राज्यको उच्च ओहोदामा पुगेर जनताको सेवामा तल्लीन प्रधान न्यायाधीश राउतलाई सम्मान गरिएको हो ।

त्रियुगा नगरपालिकाले आफ्नै सभाहलमा कार्यक्रम गर्दै प्रधान न्यायाधीश राउतलाई सम्मान गर्नुका साथै बाल सुधार गृह निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ ।

प्रधान न्यायाधीशमा नियुक्त भएपछि पहिलो पटक आफ्नो जन्मस्थल आउनु भएका राउतलाई उदयपुरका सात पालिका र जिल्ला समन्वय समितिले सम्मान तथा अभिनन्दन गरेका हुन् ।