२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


दुई संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुने कार्यसूची छ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय संवद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।