२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैन : झलनाथ खनाल


364
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउनुभयो । उहाँले आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत गएकता गर्न सकिने बताउनुभयो ।

चुच्चे नक्शाको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने बताउनुभयो ।