२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक : उपराष्ट्रपति यादव


91
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताउनुभयो । उहाँले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले पछिल्लो समय तराई/मधेशमा पानीको सतह निकै तल गएको, पानीको श्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताउनुभयो । उक्त क्षेत्र मरुभूमिकरण हुने अवस्थामा पुग्न समय नलाक्ष्ने जिकिर गर्नुभयो ।