२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


शेयर बजारमा करेक्सन


676
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन जारी रह्यो ।

दश कारोबार दिनसम्म लगातार बढेको बजारमा सोमबारदेखि करेक्सन आउन सुरु गरेकोमा मंगलबार पनि त्यो क्रम जारी रहेको हो ।

शेयर बजार परिसूचक नेप्से मंगलबार ३० दशमलव ३६ अंक घटेर २८४६ को विन्दुमा झरेको छ । बजार परिसूचक घटेसंग कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक घटेको बजारमा उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २ सर्वाधिक २१ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

यस्तै बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले घटेका छन् । घटेको बजारमा पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा मंगलबार पनि सकारात्मक सर्किट लागेको छ । तर सिन्धु विकास बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

मंगलबार ३१८ स्टकको २ करोड ६३ लाख ८९ हजार कित्ता शेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा मंगलबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक एक अर्ब नौ करोड ३० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।