
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताउनुभएको छ ।
मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले नेपालसँग कति सवारीसाधनहरु छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गर्नुभयो । उहाँले अनुमानित ५०/६० लाख सवारीसाधनहरु रहेको बताउनुभयो । वैशाखसम्ममा नेपालभर रहेका सवारीसाधनहरुको यकिन तथ्यांक संकलन गर्ने बताउनुभयो ।
मन्त्री दाहालले कुल सवारीसाधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्