
काठमाडौं । तथागत गौतम बुद्धको जन्म स्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई थेरवाद बौद्ध परम्परा अनुसार अल्पकालिन प्रव्रजित गराइएको छ ।
अखिल नेपाल भिक्षु महासंघ र थाईलान्डको विभिन्न संस्था लगायतको आयोजनामा गरिएको समारोहमा उनीहरुलाई नव श्रामणेर प्रव्रज्या प्रदान गरिएको हो ।
नव श्रामणेरहरु, नेपाली र थाईलान्डका सम्मानित बौद्ध भिक्षुहरुबाट प्रवजित भएका थिए । सन् २०११ देखि धम्मदायाद कुलप्त्र प्रव्रज्या लुम्बिनीमा गरिंदै आएको छ ।
काठमाण्डौबाट गत फागुन १४ देखि सुरु भएको प्रव्रज्या समारोह चैत्र ३ गतेसम्म हुनेछ । बुद्ध शिक्षा जनमानसमा फैलाउन तथा सभ्य र समुन्नत समाज निर्माणको उद्देश्यले प्रव्रज्या प्रत्येक वर्ष गरिँदै आएको हो ।
प्रतिक्रिया दिनुहोस्