
सुनसरी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले सुनसरीको धरानमा किताब बेचेर एक करोड १० लाख ४२ हजार २ सय ५० रुपैयाँ संकलन गर्नुभएको छ ।
डा. पुनले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यलायहरुमा पुगेर किताब बेच्नुभएको थियो । उहाँले धरानको भानुचोकमा बसेर दैनिक किताब बेचेर नगद संकलन गर्नुभएको हो ।
बन्द रहेको बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताउनुभयो । सरकारसँग बीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गरेका पुनले किताब बेचेर रकम संकलन गरी उक्त कारखानाको पुनः निर्माण गरि सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
धरानमा किताब बेचेर पुन हाल सुनसरीको इटहरीमा किताब बेच्न झर्नुभएको छ । उहाँले इटहरीवासीलाई पनि किताब किनेर सहयोग गर्न अनुरोध गर्नुभएको छ । इटहरीवासीले पनि पुनका किताब किनेर उहाँलाई सहयोग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्