८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्छौं : सांसद शाही


1.248k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने चेतावनी दिनुभएको हो । उहाँले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताउनुभयो ।

सांसद शाहीले दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उहाँको भनाइ छ ।