
काठमाडौं । शेयर बजारमा गिरावट जारी रह्यो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै हौसिएको शेयर बजार लगातार तेस्रो दिन पनि दोहोरो अंकले ओरालो लागेको हो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंकले ओरालो लागेर २८ सय २१ कायम भएर थामियो । कारोबार समेत ११ अर्ब तलै खुम्चियो । व्यापार समूह दोहोरो अंकले सकारात्मक बाहेक अरु सबै समूह ओरालो लागे । दुवै बीमा, विकास बैंक, वित्त, वाणिज्य बैंक, लगानी समूहमा १ प्रतिशतमाथिको गिरावट आयो ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ८ कम्पनीको २ करोड ३३ लाख कित्ता शेयर १० अर्ब ९७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ७४ कम्पनीको मूल्य घट्दा जम्मा ६२ को बढ्यो ।
घटेको बजारमा पनि समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती लघुवित्तलगायत कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । बुधबार पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक करिब ९७ अर्बको शेयर किनबेच भयो ।
प्रतिक्रिया दिनुहोस्