२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत


1.352k
Shares

काठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृतभयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रश्तुत गर्नुभयो । उक्त प्रश्ताव बहुमतले पारित भएको छ ।

यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।