२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोज्यो : सांसद वाग्ले


1.326k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले सरकारले अध्यादेश ल्याएर आर्थिक संस्थाहरु कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश, २०८१’लाई अस्वीकार गरियोस् भन्ने प्रश्ताव पेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले वाइडवडीमा ५५ मिलियन अमेरिकी रकम खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित गरेर दुनियाँले देख्ने गरेर वेबसाइटमा राखेको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाएको बताउनुभयो । अदालत समेत दलीय छायामा परेको उहाँको भनाइ छ । उहाँले संवैधानिक निकायमा समेत भागबण्डा गर्दा मुलुकले थप संकटको सामना गर्नुपर्नेको बताउनुभयो ।

सांसद वाग्लेले सेबनको अध्यक्ष कसको प्रभावमा नियुक्त गरिएको हो भन्दै प्रश्न समेत गर्नुभयो ।