७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माधव सापकोटाको प्रश्न – निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ?


1.092k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्विकृत गरियोस् भन्ने पेश गर्दै सांसद सापकोटाले यस्तो प्रश्न गर्नुभएको हो ।

सांसद सापकोटाले लोकतान्त्रि मूल्यमान्यताको हिसाबले अध्यादेशको बाटो पुर्णरुपमा गलत भएको बताउनुभयो । सरकार अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोप समेत लगाउनुभयो । उहाँले गिरीबन्धुको गन्ध आउनेगरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गर्नुभयो ।

सांसद सापकोटाले सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’ समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोप समेत लगाउनुभयो ।