
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताउनुभयो । उहाँले यस्ता असामाजिक क्रियाकलापहरु मानव अधिकारको विरुद्ध रहेको जिकिर गर्नुभयो । सरकारले मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मानव अधिकार रक्षकहरुको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताउनुभयो । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाउनुभयो । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो नभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रुपमा प्रत्याभुति नभइ सम्भव नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्