
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले सरकारले अध्यादेश ल्याएर संसदको विधेयकमाथि छलफल गर्न पाउनुपर्ने हक हनन गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’लाई अस्विृत गरियोस् भन्ने प्रश्ताव पेस गर्दै सांसद बरालीले यस्तो आरोप लगाउनुभएको हो । संसद बोलाउने समयमा अध्यादेशको बाटो अवलम्वन गरेको कारण सरकारको नियत नै ठिक नभएको उहाँको भनाइ छ । उहाँले अध्यादेश जनता र राष्ट्रको मात्र नभई सरकारको समेत हितमा नभएकोले अस्वीकृत गर्नुपर्ने बताउनुभयो ।
सांसद बरालीले मुनाफाखोर व्यवसायीहरुलाई लाभ पु¥याउने मनसायले सरकारले ऐन संशोधन गर्न खोजेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्