२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


१४ औंदेखि १७ औं शताब्दीका पौभा कलाहरु अमेरिकाबाट स्वदेश फिर्ता


364
Shares

काठमाडौं । १४ औं देखि १७ औं शताब्दीमा निर्मित तीन वटा धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका पौभा कलाहरु अमेरिकाबाट फिर्ता ल्याइएको छ ।

करिब ४५ वर्ष अघि चोरी भएका यी पौभा कला नेवाः गुथी, न्युयोर्कको पहलमा फिर्ता गरिएको हो ।

जसमा काठमाडौ, इतुम्बहाको १४औं शताबदीको ‘गगनसिंह र उनका श्रीमतीहरु’, १७औं शताब्दीको ‘चिन्तामणि लोकेश्वर र तारा’ तथा ‘प्रार्थना गरिरहेको ईश्वरीय दिव्य जोडी’ रहेका छन् । साथै लिच्छवीकालिन बुद्ध र यक्षिणीको मूर्ति तथा विभिन्न देवदेवीका १७ वटा मूर्तिहरु पनि फिर्ता भएका छन् ।

यी सबै मूर्ति र पौभा कलाहरु नेवाः गुथी, न्युयोर्कका अध्यक्ष विजयमान सिंहले नेपाल ल्याउनु भएको हो । गुथीका कोषाध्यक्ष प्रेम गोपाल महर्जनले केही दिन पछि पुरातत्व विभागलाई आधिकारीक रुपमा यी मूर्ति र पौभा कला हस्तान्तरण गर्ने जानकारी दिनुभयो । सुरक्षा प्रत्याभूति सहित मूर्ति र पौभा कलाहरु पुरानै स्थानमा प्रतिस्थापन गरिने जनाइएको छ ।