२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


चौथौं लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ सुरु


130
Shares

काठमाडौं । चौथौं लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ आजदेखि शुरु भएको छ ।

त्रिपिटक पाठ अखिल नेपाल भिक्षु महासंघको आयोजनामा गौतम बुद्धको जन्मस्थल लुम्बिनी बगौचामा शुरु भएको हो ।

भगवान बुद्धबाट देशना गर्नु भएको ८४ हजार धम्मस्कन्दको संग्रह बौद्ध ग्रन्थ त्रिपिटक हो । बौद्ध ग्रन्थ त्रिपिटकलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरि तीन भागमा बाँडिएको छ । कार्यक्रममा नेपाल, थाईलान्ड, श्रीलंका र भारत लयायतका विभिन्न मुलुकका बौद्ध भिक्षहरुबाट त्रिपिटक पाठ बाचन गरिएको छि ।

पाँच दिनसम्म चल्ने त्रिपिटक पाठ बाचनले विश्व शान्ति र बुद्ध उपदेशलाई विश्व फैलाएर प्रज्ञा, शील र समाधिको महिमा अभिबृद्धि गर्ने विश्वास महासंघको रहेको छ ।