२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा


1.131k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद खतिवडाले एनजिओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गर्नुभयो ।

सांसद खतिवडाले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताउनुभयो । अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्न समेत हुने माग गर्नुभएको छ ।