२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


गैरआवासीय नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माग


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आवासमा रहेका नागरिकहरुको सुरक्षामाथि सरकार गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।

सांसद पौडेलले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरुको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भिर नभएको आरोप समेत लगाउनुभयो ।