
काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ ।
बुधबारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो ।
अध्यादेशमा विपक्षी दलहरुको तर्फबाट अस्वीकृत गर्ने प्रश्ताव परेको थियो । तर राष्ट्रिय सभाले बहुमतले प्रश्ताव पारित गरेको हो ।
सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई बहुमत सांसदले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षले सभामा घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्