२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाइरहेको छ : सांसद श्रेष्ठ


234
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको बताउनुभयो । उहाँले नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको जिकिर छ। उहाँले यही प्रवृत्तिको विकास गर्यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

सांसद श्रेष्ठले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।