५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आश्रयस्थलमा टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु


3.133k
Shares

काठमाडौं । घरभित्र टिपर छिर्दा काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । काठमाडौंको साँखुमा घर (टहरा)भित्र सुतिरहेको अवस्थामा टिपरले थिच्दा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २१ वर्ष उमेरका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

शुक्रबार बिहान शंखरापुर नगरपालिका- ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरामा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको आश्रयस्थलमा ठक्कर दिन पुगेको थियो । उक्त आश्रयस्थलमा ६१ जना बस्ने गरेका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए ।