२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सडकपेटीमा बसेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु


1.599k
Shares

काठमाडौं । उदयपुरमा सडकपेटीमा बसिरहेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको छ । उदयपुरको गाईघाटस्थित डीएम गेटनजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको हो ।

दुर्घटनामा सप्तरीको राजविराज स्थायी घर भइ गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार बेलुकी गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको जीपले डीएम गेटनजिक सडकपेटीमा बसिरहेका उनीहरू दुईजनालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपचालक त्रियुगा नगरपालिका–९, गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।