
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ ।
बिहीबार अपरान्ह जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले यस्तो माग गर्नुभएको हो ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाललाई समृद्धिको लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पयर्टक भित्र्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्