
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो रु भन्दै सरकारसँग प्रश्न समेत गर्नुभयो । केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उहाँको भनाइ छ ।
सांसद पौडेलले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताउनुभयो ।
सांसद पौडेलले विकास निर्माणको काममा निजी क्षेत्र र सरकारको सहकार्य र एकता जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्