
काठमाडौं । १६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक भएको छ ।
शुक्रबार ललतिपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष मगरले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लैङ्किग समानताको नीति लागू गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष मगरले मानव अधिकारमाथि देखिने चुनौतिहरु सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्