६ चैत्र २०८१, बुधबार | Thu Mar 20 2025


इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छ : अध्यक्ष सिंह


156
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को मञ्च प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं आयोजित इफाप्काका अध्यक्षसहितका प्रतिनिधिसँगको भेटपछि अध्यक्ष सिंहले इफाप्काको आउँदो कन्फ्रेन्सबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमा बढाउन सकिने बताउनुभएको हो ।

अध्यक्ष सिंहले इफाप्काको सहयोग नेपालले महासंघका अन्य सदस्य राष्ट्रहरुबाट सहयोग लिन र आफूसँग भएको सहयोग दिने कडीको रुपमा स्थापित हुनसक्ने विश्वास लिनुभयो ।

अध्यक्ष सिंहले सिंगापुरमा हुने इफाप्काको कन्फ्रेन्सको लागि निम्ता दिन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरु नेपाल आउनुभएको छ ।