२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


विकास निर्माणका काममा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम


403
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताउनुभयो । उहाँले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गुर्नभयो । उहाँले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजार्रौ सर्वसाधारण प्रभावित हुने गरेको बताउनुभयो ।

सांसद गौतमले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशिल भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।