३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँ : सभामुख घिमिरे


0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताउनुभयो ।

सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गर्नुभयो । उहाँले कुनैपनि कानूनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पु¥याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने बताउनुभयो ।

सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हाँसिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नविनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताउनुभयो ।