११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल सुपर लिगमा एनसेल मुख्य प्रायोजक रहने


689
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ ।

नेपाल स्पोटर््स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजना आगामी चैत १६ गतेदेखि एनएसएलको तेस्रो संस्करण सुरु हुँदैछ ।

उक्त तेस्रो संस्करणका लागि एनएसएलले मुख्य प्रायोजकका रूपमा एनएसएलको साथ पाएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच आयोजक र एनएसएलले प्रायोजक घोषणा हुन् । नेपाल सुपर लिगकी प्रमुख आश्रयता कार्की चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर ९सिसिओ० उमेर मोहसिनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रायोजन रकम भने खुलाइएको छैन ।

तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।

नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले एनसेललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको बताए । उनले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्ने बताए । एनसेलका चिफ कमर्सियल अफिसर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको प्रतिवद्धतालाई प्रतिबिम्बित गर्ने धारणा राखे ।

यस संस्करणका लागि लागि ‘ए’ र ‘बी’ क्याटगोरीका खेलाडीको अक्सन पनि भइसकेको छ । ‘सी’ क्याटगोरीको ड्राफ्ट पनि छिटै गर्ने एनएसएलले जनाएको छ । यसपल्ट काठमाडौं रेजर्स, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीले मात्रै प्रतिष्पर्धा गर्दैछन् ।

गत संस्करणमा सहभागी वीरगञ्ज युनाइटेड एफसी र स्पोर्ट्ङि इलाम डे मेची एफसीले भने यस संस्करणदेखि नखेल्ने जनाइसकेका छन् ।