
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताउनुभएको छ ।
झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोईरालाले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताउनुभयो । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताउनुभयो ।
नेता कोईरालाले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
नेता कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताउनुभयो । उहाँले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गर्नुभयो ।
नेता कोईरालाले नेपाली कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्