७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार


624
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको भविष्य सुनिश्चित हुनेगरी सरकारले खेलकुद नीति ल्याएको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै खेलकुदमन्त्री चौधरीले खेलाडीहरुको हक र सुविधाको कार्यान्वयका लागि राष्ट्रिय खेलकुद नीति, २०६७ संशोधन गरी मन्त्रिपरिषदमा पुगेको बताउनुभयो । उहाँले खेललाई व्यावसायिक बनाउन निजी क्षेत्रको सहभागितामा प्रायोजनको व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

खेलाडीको खेल अवधि निश्चित उमेर हुने भएकाले खेल जीवन सकिएपछि सरकारी र विभिन्न संस्थाहरुमा रोजगारी वा निवृत्तिभरण दिने व्यवस्था नयाँ नीतिमा रहेको उहाँको भनाइ छ ।

खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयमा बहुवर्षीय योजनाका कार्यक्रम नभएको बताउनुभयो । खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न नसकिएपछि खेलाडीहरु खेल क्षेत्र छोडेर वैकल्पिक पेशामा लागेको र कतिपय खेलाडी विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।