२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


माओवादीको पदाधिकारी बैठक बस्दै


1.976k
Shares

काठमाडौं । माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ ।

सडकमा राजावादीहरुले विभिन्न गतिविधि गर्न थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न आइतबारका लागि पदाधिकारी बैठक आव्हन गरेको हो ।

अभियान स्थगित गर्नुअघि माओवादीले एक विज्ञप्ती जारी गर्दै माओबादीले नै गणतन्त्र ल्याएको र यसको रक्षा पनि माओवादीले नै गर्ने हो भन्ने सन्देश अझै फैलाउन अहिलेलाई अभियान स्थगित गरिएको जनाएको छ ।

समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएकोले अभियान पुनः शुरु गर्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो ।

उक्त अभियानअन्तर्गत माआबादी केन्द्रले देशका विभिन जिल्लामा गएर जनतासँग प्रत्यक्ष साक्षात्कर गरिरहेको थियो ।