२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


रुसको हवाई हमलामा युक्रेनमा २५ जनाको मृत्यु


1.287k
Shares

एजेन्सी । रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा भएको आक्रमणमा १४ जना गरी २५ जनाको मृत्यु भएको हो ।

घटनामा ६ बालबालिका सहित ४० जना घाइते भएका छन् । आक्रमणका कारण ओडेसा र खार्किभ शहरका अधिकांश घर र पूर्वाधारमा क्षति पुगेको छ ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैनिक सहायता रोकेपछि रुसले युक्रेनमाथि स्थलगत र हवाई हमला तीब्र पारेको छ ।

यसअघि रुसले गत शुक्रबार डोनेट्स्क क्षेत्रको डोब्रोपिल्या शहरमा बम आक्रमण गरेको थियो जसका कारण सो क्षेत्रको आठ आवासीय भवनहरू र एक किनमेल केन्द्र ध्वस्त भएको छ । यसैबीच युक्रेनले रुसी सेनाको प्रतिकार स्वरुप आक्रमण जारी नै राखेको छ ।