
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीहरुले आज पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी गरेका छन् ।
पोखरामा रहनु भएका शाह आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उक्त समयमा राप्रपालगायत हजारौंको संख्यामा राजावादीहरुले स्वागत गर्ने तयारी गरेका छन् ।
स्वागतका लागि उनीहरुले काठमाडौंका विभिन्न भागमा समुहहरु बनाएर त्रिभूवन बिमानस्थलदेखि पुर्व राजाको निर्मल निवाससम्म स्वागत गर्ने तयारी गरेको छ ।
यसबिच उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्