
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने र यही वर्षबाट पढाइ शुरु हुने दाबी गर्नुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आज धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतसँग छलफल भइरहेको दाबी पनि गर्नुभयो ।
आफू प्रधामन्त्री हुँदा मुलुक चमत्कारिक विकास भइरहेको दाबी गर्दै उहाँले हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको जिकीर गर्नुभयो ।
सुदूरपश्चिम देव भूमि रहेको भन्दै प्रधामन्त्री ओलीले त्यहाँका मोठमन्दिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्