
काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । उसका लागि ड्यारिल मिचेलले ६३ रन तथा माइकल ब्रेसवेलले अविजित ५३ रन जोडे ।
भारतका वरुण चक्रवर्ती र कुलदिप यादवले २–२ विकेट लिए । जवाफमा २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन जोडे ।
यो जितसँगै भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले दुई पटक उपाधि जितेको छ भने न्युजिल्याण्डले एक पटक उपाधि जितेको छ ।
प्रतिक्रिया दिनुहोस्